छड्के २ को सुटिङ साउन अन्तिमबाट, अनमोल खेल्ने पक्का

भरतपुर, १७ असार झण्डै दशकअघि प्रदर्शनमा आएको नेपाली चलचित्र छड्के त हेर्नुभएकै होला । ग्याङस्टर कमेडी विधाको यो चलचित्रले ठूलो व्यावसायिक सफलता त गरेको थिएन । तर, कथा र मेकिङले राम्रै प्रशंसा पाएको थियो । त्यतिबेला देशभरका शहरमा मौलाएको ग्याङस्टर कल्चरलाई यसले देखाएको थियो । ग्याङहरूको टकराव झेल्ने चितवन पनि एउटा शहर थियो । यो […]

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न

भरतपुर, १७ असार । लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीले आन्तरिक पद हस्तान्तण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२१-२२ का अध्यक्ष ध्रुवप्रसाद पौडेल लायन्स ईन्टरनेशनलको १०४औं कन्भेन्सनमा रहेकोले क्लवका निर्देशक तथा पूर्वअध्यक्ष गोविन्दप्रसाद श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरे । वर्ष २०२१-२२ का सचिव शेरबहादुर पौडेलले संचालन गरेको उक्त कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पूर्वगभर्नर राजकुमार […]

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, १७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले विरोध सो दलको नाममा विरोध जनाउँदै आएका थिए । सो दलको […]

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो । योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र ५ महिला छन् भने ५ जनाको उपचार भइरहेको […]

डाक्टर पौडेलको `लय छुटेको समय´ सार्वजनिक

भरतपुर, १७ असार । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा.डा.कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ संस्मरण सङ्ग्रह बजारमा आएको छ । पुस्तक शुक्रबारदेखि बजारमा आएको हो । लेखक प्रा.डा.पौडेलका अनुसार २६४ पृष्ठको पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा उपचार, बिरामी र डाक्टरका कथा, कहानी, भोगाईहरु समेटिएका लेखहरु रहेका छन् । बिरामीका आफ्नै […]