काठमाडौं, १७ असार ।
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो ।
योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र ५ महिला छन् भने ५ जनाको उपचार भइरहेको छ ।




