लायन्स क्लब अफ नारायणगढ बालकुमारीको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न

भरतपुर, १७ असार ।
लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीले आन्तरिक पद हस्तान्तण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२१-२२ का अध्यक्ष ध्रुवप्रसाद पौडेल लायन्स ईन्टरनेशनलको १०४औं कन्भेन्सनमा रहेकोले क्लवका निर्देशक तथा पूर्वअध्यक्ष गोविन्दप्रसाद श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरे ।

वर्ष २०२१-२२ का सचिव शेरबहादुर पौडेलले संचालन गरेको उक्त कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पूर्वगभर्नर राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर द्वितीय भाईसगर्भनर दिनानाथ न्यौपाने, पिआरओ बालगोपाल चुके तथा डेपुटी चिफ नारायणप्रसाद शर्मा विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा यस वर्षका अध्यक्षद्वारा आगामी वर्ष २०२२-२३ का अध्यक्ष रामचन्द्र सापकोटालाई, सचिव शेरबहादुर पौडेलले वर्ष २०२२-२३ का सचिव नेत्रप्रसाद आचार्यलाई तथा अन्य पदाधिकारीहरुबाट वर्ष २०२२-२३ का सबै पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वडिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठले मन्तव्य राख्दै क्लवले यस वर्ष गरेको उपलब्धि तथा कामहरुलाई सम्मान गर्दै वर्ष २०२२-२३ मा पनि अझ उल्लेख्य काम गर्न क्लव सफल रहनेमा विश्वास गर्दै नेतृत्वमा आएका सबै पदाधिकारीलाई शुभकामना दिएका थिए ।

भरतपुरमा सम्पन्न कार्यक्रममा यस वर्ष नयाँ जोश, नयाँ नेतृत्वले वर्ष २०२२-२३ का गभर्नर सिद्धार्थलाल चुकेको कार्ययोजनाका आधारमा थप प्रभावकारी सामाजिक कामहरुलाई समाजमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै वर्ष २०२२-२३ का अध्यक्ष रामचन्द्र सापकोटाले कार्यक्रमको समापन गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट