राप्ती, १६ असार ।
राप्ती नगरपालिका वडा नम्बर ४ ले इलेक्ट्रिक पम्प वितरण गरेको छ । वडाको वार्षिक बजेटबाट विनियोजित २ लाख ७० हजार रकमबाट ५० प्रतिशत अनुदानमा पम्प वितरण गरिएको हो ।
वडामा रहेका १३८ जना कृषकहरुलाई अनुदानमा पम्प वितरण गरिएको छ । ३५० भन्दामाथि कृषकहरुको माग रहेता पनि गोलाप्रथाबाट १३८ जनालाई मात्र पम्प वितरण गरिएको थियो । राप्ती नगर पशुपन्छी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीले उपस्थित सबैको माझ गोला तानेका थिए । कसैलाई भेदभाव नहोस् भन्ने हेतुले गोला तानिएको उनले बताए ।
किसानहरुको आवश्यकतालाई बुझेर पम्प वितरण गरिएको वडा अध्यक्ष केदार आचार्यले बताए । आफू वडा अध्यक्षमा निर्वाचित भएसँगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनले बताएका छन् । अहिले भाग नपुगेको कृषकहरुलाई चाँडै नै पम्प उपलब्ध गराउने पनि उनले बताए ।




