नारायणगढ लेडी जेसीजले मनायो स्थापना दिवस

भरतपुर, १६ असार ।
नारायणगढ लेडी जेसीजको २६औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी र प्रथमपुरुष जेसी निशेष अधिकारीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । विभिन्न समयमा संस्थामा आवद्ध रहेर महत्त्वपूर्ण काम गरेबापत विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, विशिष्ट अतिथिमा नेपाल जेसिजका निवर्तमान अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, नारायणगढ जेसीजका पूर्वअध्यक्ष उत्तमलाल चुके, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर अधिकारी रहेका थिए ।

त्यस्तै अतिथिहरुमा वडा नम्बर- १ का वडाअध्यक्ष केशव महर्जन, वडा नम्बर- २ का वडाअध्यक्ष मनोज रानाभाट, वडा नम्बर- ३ का वडाअध्यक्ष विकास थापा, वडा नम्बर- १०का वडाअध्यक्ष परमेश्वर खनाल, अतिथिहरुमा नारायणगढ लेडि जेसीजकी पूर्वअध्यक्ष एवम् संरक्षक विश्व पिया, नारायणगढ लेडी जेसीजका निवर्तमान अध्यक्ष सिनेटर सम्झना प्रधान, नारायणगढ लेडी जेसीजका मातृशाखा वर्ष २०२२ का शाखा अध्यक्ष आदरणीय जेसी अमृत श्रेष्ठ, नारायणगढ जेसीजका पूर्वअध्यक्षहरू, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्षहरू, मानार्थ सदस्य, वरिस्ठ सदस्य र छिमेकी शाखाका शाखाअध्यक्षहरू, सम्पूर्ण छिमेकी शाखाका पूर्व अध्यक्ष एवम् पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट