चितवन मानव बेचबिखन तथा ओसारपसारको ‘टान्जिट पोइन्ट’ बन्दै

भरतपुर, १६ असार।

चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको ‘टान्जिट पोइन्ट’ (मुख्य केन्द्र) बन्दै गएको पाइएको छ । बिहीबार भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ ।

विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाले बताए। अधिबक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको छ ।
शक्ति समूह मानव बेचबिखन ओसारपसार तथा बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो ।

कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको देखिन्छ ।

‘बिदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांकले देखाएको छ’ कोइरालाले भने । उनका अनुसार प्रति एक सयमा एक जनाको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अबैध रुपमा सन्चालनमा आएका बालगृहहरुलाइ बन्द गर्ने तयारी पनि गरिरहेको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगर स्वास्थ तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलले भरतपुर महानगरले बिगतका बर्ष देखि नै चितवन जिल्ला बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुनर्स्थापना गर्दै आइरहेको बताइन् ।

नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । बिदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।

ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ । कार्यक्रममा बोल्दै भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड दिए। उनले मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र चितवन बन्दै गएको कुरा सुन्दा निकै दुख लागेको बताउदै यस कार्यलाइ तत्काल रोक्न सबै सरोकारवाला निकाय लाग्नुको विकल्प नभएको बताए ।

कार्यक्रमलाई समापन गर्दै उप प्रमुख चित्रसेन अधिकारले मानबले मानबलाइ दुख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै जानू दुःखद भएको बताए । उप प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे। कार्यक्रमको सम्पुर्ण व्यवस्थापन परियोजना अधिकृत इन्दिरा सापकोटाले गरेकी थिइन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट