अर्किड स्कूलमा चितवन मेडिकल कलेजको डेन्टल केयर क्याम्प

भरतपुर, १६ भरतपुर ।
अर्किड स्कूल भरतपुरमा चितवन मेडिकल कलेज अन्तर्गत स्कूल अफ डेन्टल साइन्सद्वारा ‘डेन्टल केयर क्याम्प’ सम्पन्न भएको छ । कक्षा १-४ का ५२३ जना विद्यार्थीहरुको लागि चितवन मेडिकल कलेजको स्कूल अफ डेन्टल साइन्स विभागको सहयोगमा ‘डेन्टल केयर क्याम्प’ सम्पन्न भएको हो ।

उक्त विभागका दन्तरोग चिकित्सकहरु डा. अनिषा भण्डारी, डा. आर्या छत्कुली, डा. छिमे लामा, डा. प्रनिसा थापा, डा. अस्मिता पोखरेल, डा. रिड ओ’ कर्नर तथा दन्त परीक्षण शिविर टोली सदस्यहरु कृपा कँडेल, अस्मिता भट्टराई, बिनिता चपाई र राजीव चौधरीको शिविर टोलीद्वारा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको सहप्राचार्य ओमराज मैनालीले बताए ।

चितवन मेडिकल कलेजले अघिल्ला वर्षहरुमा पनि विद्यार्थीहरुका लागि यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्न सहयोग पुर्‍याइरहेको मैनालीले बताए । अस्पताल प्रशासन र चिकित्सक टोलीलाई अर्किड स्कूलका प्रबन्ध निर्देशक गोपाल पराजुलीले धन्यवाद ज्ञापन सहित खादा, मायाको चिनो र प्रशंसापत्र प्रदान गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट