`वाङ्गमय वाणी´ सार्वजनिक

भरतपुर, १६ असार ।
लायन्स क्लब अफ चितवन वाङ्मयको “पुस्तक विमोचन तथा पद हस्तान्तरण” कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ चितवन वाङ्मयले प्रकाशन गरेको “वाङ्मय-वाणी” पुस्तक सार्वजनिक गरिएको छ ।

लायन्स क्लव अफ चितवन वाङ्मयले आयोजना गरेको खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा प्राप्त भएका सम्पूर्ण कविताहरु र लायन्स क्लव अफ चितवन वाङ्गमयका पदाधिकारीहरुको चारदिने पूर्वाञ्चल काव्य यात्राको संस्मरण समावेश उक्त पुस्तक भरतपुरमा विमोचन भएको हो ।

पुस्तक विमोचन कार्यक्रममा पुस्तकका बारेमा वरिष्ठ समालोचक डिआर पोखरेलले टिप्पणी राखेका थिए । यात्राको विवरणलाई अभिलेख गर्दै पुस्तक प्रकाशन गरेकोमा टिप्पणीकार पोखरेलले वाङ्गमय परिवारलाई धन्यवाद दिए । सोहि कार्यक्रममा आगामी कार्यकाल २०२२/०२३ का लागि रामहरि श्रेष्ठको अध्यक्ष हुनेगरी नयाँ कार्यसमितिलाई पद हस्तान्तरण समेत गरिएको छ ।

कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले सिर्जनाहरु वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए । कार्यक्रमको अध्यक्ष लायन हरिप्रिया रिजालको थिइन् भने वाङ्मयका सचिव सुजन अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट