भरतपुर, १६ असार ।
भरतपुर- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि नेतृत्व विकास तालिमको आयोजना गरेको छ ।
नेतृत्व तहमा पुग्नका लागि के कस्ता विषयमा आधारभूत ज्ञान हुनुपर्दछ, नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्ने ? नेतृत्व विकास गर्नका लागि के के कुराको आवश्यकता पर्दछ ? भन्ने बिसयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, बिशिस्ट अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष मनोज भुजेल, कक्षा ९ मा अध्ययनरत विद्यार्थी ह्याप्पी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । 
चितवनको रेडियोमा पहिलो आवाज दिने वरिष्ठ रेडियोकर्मी मनोज पन्तले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने स्वागत मन्तव्य सहप्राचार्य उपेन्द्र आचार्यले गरेका थिए ।
समापन समारोहको औपचारिक खण्ड कार्यक्रम सोही स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुभम भण्डारीले संचालन गरेका थिए ।





