२१ घण्टापछि खुल्यो अरुणखोला-दुम्किबास सडकखण्ड

कावासोती, १६ असार ।
महेन्द्र राजमार्ग अन्तर्गत पूर्विनवलपरासीको अरुणखोला-दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडकखण्ड २१ घण्टापछि सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो ।

नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । पुनः डाईभर्सन बनाएर बाटो खुलेपछि रोकिएका सयौं सवारीसाधन अहिले चल्न थालेका छन् ।

सडकमा सवारीसाधनको चाप अध्यधिक भएकोले लेन अनुसासन कायम गर्दै सवारी चलाउन प्रहरीले समन्वय गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट