पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट १५ पुस्तक

भरतपुर, १५ असार ।
पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको सूची सार्वजनिक भएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट १५ मा परेका पुस्तकको सूची सार्वजनिक गरेको हो ।

उत्कृष्ट १५ मा दिलिप बान्तावाको कथासंग्रह ताल्चा, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि, डाक्टर नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, लोकराज भट्टको छाइल, अलका आत्रेयको निनाद वल्लरी, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ आँखामा हिमाल, उषा हमालको भिक्षुसँग प्रेम, डा.विप्लव ढकालको भोजपुरको वाङ्मय, बसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको सङ्ग्राहलय र गिरीश गिरीको सत्यमोहन परेका छन् ।

राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको निर्णायक मण्डलले पहिलो चरणमा उत्कृष्ट पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा यसै सूचीबाट उत्कृष्ट संक्षिप्त सूची छान्ने र त्यसपछि पुरस्कृत पुस्तक छनोट हुने प्रतिष्ठानले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट