असार १५ : किसानका दु:ख र सरकारको भूमिका

आज असार १५ धान दिवस । दुईचार जाना पाटीका कार्यकर्ता भेला गरेर धान दिवस बडो उत्साहजनक तरिकाले मनाउनु भयो । तर रोइरहेका किसानको आँसु कस्ले पुछिदिन्छ ? पीडाले भरिएको किसानको मन कसले बुझिदिन्छ ?सरकार बिन्ती छ ! सक्छौ भने किसानको घाउमा मलमपट्टी गरिदेउ, सक्दैनौ भने झुठा आश्वासनमा किसानलाई मजाकको पात्र नबनाऔँ । हाम्रो मुलुकमा बालुवाटार […]

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट १५ पुस्तक

भरतपुर, १५ असार । पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको सूची सार्वजनिक भएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट १५ मा परेका पुस्तकको सूची सार्वजनिक गरेको हो । उत्कृष्ट १५ मा दिलिप बान्तावाको कथासंग्रह ताल्चा, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि, डाक्टर नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, राजवको काफ्काको […]

हिमालयन हाइड्रोपावरको साधारण शेयर खुल्यो

काठमाडौँ, १५ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख […]

पूर्वीनवलपरासीमा डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग अवरुद्ध

कावासोती, १५ असार । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पूर्वीनवलपरासी खण्डमा बाटो बिस्तारका क्रममा बनाइएको डाइभर्सन बगेपछि यातायात सेवा अवरुद्ध बनेको छ । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका-१० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाईएको २ वटा डाईभर्सन र विनयी त्रिवेणी गाउँपालिकाको सिमानामा पर्ने खहरे खोलाको डाईभर्सन बगाएपछि बुधबार बिहानैदेखि महेन्द्र राजमार्ग अवरुद्ध बनेको […]

‘गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध’

पोखरा, १५ असार । गण्डकी प्रदेशका कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा […]

देशका विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

भरतपुर, १५ असार । रातिदेखि नै देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टा चितवनसहित काठमाडौं, कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही र आसपास धेरै स्थानमा ठूलो वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी स्थानमा थप वर्षा […]

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन

काठमाडौं, १५ असार । आज असार १५ अर्थात दही–च्युरा खाने दिन । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ […]