भरतपुर, २६ जेठ ।
`मनमा पिर’ बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार साँझ सार्वजनिक गरिएको गीतको भिडियो युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अगाडि उक्लिरहेको छ ।
रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले कोरेका हुन् । बादल घिमिरेको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।
विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय छ । भिडियोले सामाजिक कथा प्रस्तुत गरेको छ । गीतका संगीतकार एवं मोडल बादल स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको बताउँछन् ।
“गीत ट्रेन्डिङमा पनि अगाडि आइरहेको छ । भ्युज पनि राम्रो गईरहेको छ”, गीतको प्रारम्भिक प्रतिक्रियाबारे घिमिरे भन्छन्, “प्रतिक्रिया पनि सबैले राम्रो दिनुभएको छ ।”
प्रकाश खड्काको छायांकन रहेको भिडियोमा सागर भण्डारी, पुष्पलता भट्टराईलगायतको अभिनय छ । मिलन विश्वकर्माको सम्पादनपश्चात ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :




