२०७९ जेठ २७ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
आईसिसी यु १९ : महिला विश्वकप छनोटमा मलेसियालाई हराउँदै नेपाल तेस्रो

मलेसिया, २६ जेठ । आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ । नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो । नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ […]
दिगो फोहर व्यवस्थापन महानगरको पहिलो प्रथामिकता: मेयर दाहाल

भरतपुर,२६ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्रथामिकता रहेको बताएकी छिन् । विश्व वातावरण दिवस–२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् । महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्रथामिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यकरण गरी महानगरलाई सुन्दर […]
चितवन खबर पत्रिकाको वार्षिकोत्सवमा टिसर्ट सार्वजनिक

भरतपुर, २६ जेठ । मोफसलको चर्चित लक्की मिडिया प्रालिद्वारा सञ्चालित चितवन खबर पत्रिका गौरवमय १२औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको विभिन्न कार्यक्रम मध्ये बुधबार तारापुञ्ज रिसोर्टमा चितवन खबरले टिसर्ट सार्वजनिक गरेको छ । तारापुञ्ज रिसोर्टमा भएको कार्यक्रममा लक्की मिडिया प्रालिका कर्मचारी, पत्रिका अनलाईनका पाठक एवं विज्ञापनदातालाई टिसर्ट वितरण गरिएको हो । कार्यक्रममा नेपाल मेडिकल […]
कहाँ-कहाँ पुगेन पाठ्यपुस्तक? विवरण माग्दै सरकार

काठमाडौँ, २७ जेठ । नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० […]
वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

मनाङ, २६ जेठ । नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो । गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको […]
चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

राजविराज, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ । गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु […]
आइसीसी विश्वकप क्रिकेट लिग–दुईः नेपाल र ओमान भिड्ने

काठमाडौँ, २६ जेठ । आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने […]
अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

काठमाडौँ, २६ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी […]
`मनमा पिर´ सार्वजनिक भएसँगै चर्चामा

भरतपुर, २६ जेठ । `मनमा पिर’ बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार साँझ सार्वजनिक गरिएको गीतको भिडियो युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अगाडि उक्लिरहेको छ । रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले कोरेका हुन् । बादल घिमिरेको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । विक्रम चौहानको कथा […]
राष्ट्रपति सी पुनः सत्तामा पुग्ने तयारीमा

बेइजिङ, २६ जेठ । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ […]
प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौँ, २६ जेठ a। आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले आजमात्रै मस्र्याङदी र […]
देवघाटको बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण

देवघाट, २६ जेठ । स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रम, देवघाट, तनहुँमा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । क्लबका अध्यक्ष निरा श्रेष्ठका अनुसार उक्त बृद्धाश्रममा हरेक वर्ष यस किसिमका कार्यक्रमहरू आयोजना गरिँदै आएको छ । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक कल्पना पाठक तथा रोटरी क्लब अफ […]
अवरुद्ध मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो

भरतपुर, २६ जेठ । पहिरो खसेका कारण अवरुद्ध रहेको नारायणगढ-मुग्लिङ सडकखण्ड भर्खरै संचालनमा आएको छ । पहिरोले नारायणगढ-मुग्लिङ र मुग्लिङ- नौविसे सडकखण्ड अवरूद्ध भएको थियो । मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । यहाँ पहिरो हटाउने काम भैरहेको र छिट्टै संचालनमा आउने प्रहरीले बताएको छ । मुग्लिङ-नारायणगढ […]