चितवन खबर पत्रिकाको वार्षिकोत्सवमा टिसर्ट सार्वजनिक

भरतपुर, २६ जेठ ।
मोफसलको चर्चित लक्की मिडिया प्रालिद्वारा सञ्चालित चितवन खबर पत्रिका गौरवमय १२औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको विभिन्न कार्यक्रम मध्ये बुधबार तारापुञ्ज रिसोर्टमा चितवन खबरले टिसर्ट सार्वजनिक  गरेको छ । तारापुञ्ज रिसोर्टमा भएको कार्यक्रममा लक्की मिडिया प्रालिका कर्मचारी, पत्रिका अनलाईनका पाठक एवं विज्ञापनदातालाई टिसर्ट वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डाक्टर गुरुशरण शाहको प्रमुख आतिथ्यतामा भएको हो । शाहले १२ वर्षमा प्रवेश गरेकोमा चितवन खबर पत्रिकालाई शुभकामना सहित आगामी दिनमा थप सफलताको कामना गरे । कार्यक्रमका अतिथि युवा व्यवसायी दीपक बस्नेतले १२ औँ वर्षसम्म चितवन खबर पत्रिकाले गरेका कामको स्मरण गर्दै प्रशंसा गरे ।

वार्षिकोत्सवको अवसरमा चितवन खबर पत्रिकालाई चितवन प्रिन्ट हाउसले १०० थान टिसर्ट सहयोग गरेको हो । प्रिन्ट हाउसका सन्चालक रेजिना बस्नेतले चितवनको चर्चित चितवन खबर पत्रिकालाई वार्षिकोत्सवको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

लक्की मिडियाका महाप्रबन्धक हरि कार्की ‘लक्की’को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्कीले  हाम्रो चितवन खबर पत्रिका, अनलाइन संस्करण र इचितवन खबर डटकमले सयौं न्यूज पोर्टलका बीच स्वस्थ प्रतिस्पर्धा गरिरहेको बताए । उनले भने “हामी हाम्रा सबै प्रकाशनहरूलाई अझ सशक्त बनाउन निरन्तर लागि पर्ने छौं , आम पाठक, दर्शक, श्रोता नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन्, स्वच्छ, तटस्थ, निष्पक्ष समाचार सम्प्रेषणमा बिचलित हुने छैनौं । यसका लागि सदा झैं हामीलाई सबैको साथ रहने विश्वास लिएका छौं ।”

रामजी कुँवरको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण राजेश शर्मा आचार्यले गरेका थिए ।

यसैबीच चितवन खबर पत्रिकाले आफ्नो वार्षिकोत्सवको काठमाडौंमा पनि कार्यक्रम गर्ने भएको छ । चर्चित कलाकार एवं राजनैतिक दलका नेताहरूको उपस्थितिमा यही जेठ २७ गते कार्यक्रम हुने महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट