अवरुद्ध मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो

भरतपुर, २६ जेठ ।
पहिरो खसेका कारण अवरुद्ध रहेको नारायणगढ-मुग्लिङ सडकखण्ड भर्खरै संचालनमा आएको छ । पहिरोले नारायणगढ-मुग्लिङ र मुग्लिङ- नौविसे सडकखण्ड अवरूद्ध भएको थियो ।
मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । यहाँ पहिरो हटाउने काम भैरहेको र छिट्टै संचालनमा आउने प्रहरीले बताएको छ ।

मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको थियो । बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।

पहिरो हटाएर ८ घण्टापछी सडक सञ्चालनमा आएको पत्रकार विनोद श्रेष्ठले बताएका छन् । रातिदेखि नै सडकमा गाडीहरू रोकिएका थिए भने यात्रुहरू अप्ठ्यारोमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट