देवघाटको बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण

देवघाट, २६ जेठ ।
स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रम, देवघाट, तनहुँमा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । क्लबका अध्यक्ष निरा श्रेष्ठका अनुसार उक्त बृद्धाश्रममा हरेक वर्ष यस किसिमका कार्यक्रमहरू आयोजना गरिँदै आएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक कल्पना पाठक तथा रोटरी क्लब अफ नारायणगढका पूर्व अध्यक्ष रोटरियन रोहितकुमार श्रेष्ठले बृद्धाश्रममा आश्रित आमाबुबाहरूको सु–स्वास्थ्य एवम् दीर्घायुको कामना गरे । संस्थाका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढलाई आजीवन सदस्यता प्रदान गर्दै स्पाउज क्लबका अध्यक्ष निरा श्रेष्ठ मार्फत क्लबलाई आजीवन सदस्यताको प्रमाणपत्र पनि वितरण गरेको छ ।

कार्यक्रममा समाजसेवी छाया श्रेष्ठ, नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षलगायत स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल, पूर्व अध्यक्षहरू, पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट