प्रहरीले वीरेन्द्रको सालिक हटाएकाे झोकमा राजावादीले फेरि तोडे शहीद सेतु विकको सालिक

भरतपुर, १९ जेठ ।
नेपालगञ्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि आक्रोशित समूहले न्यूरोडस्थित शहीद सेतु विकको सालिक तोडफोड गरेको छ ।

नागरिक समाज पार्टीको ब्यानरमा आएको समूहले स्वर्गीय राजा वीरेन्द्रको चोकमा अर्धकदको सालिक ठड्याएको थियो । तर, प्रहरीले हस्तक्षेप गरी केहीबेर पछि नै सो सालिक हटाएपछि नेपालगञ्ज तनावग्रस्त भएको हो । प्रहरी र सालिक राख्न चाहने समूहबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ११ राउण्ड हवाई फायरसमेत गरेको जनाएको छ ।

प्रहरीको हस्तक्षेपपछि आक्रोशित समूह न्यूरोड पुगेर शहीद सेतु विकको सालिक तोडफोड गरेको थियो । त्यस क्रममा शहीद सेतुको सालिकको टाउको आधा फुटाइएको छ । शहीद सेतु विकको सालिकमाथि राजावादीहरूको यो दोस्रो आक्रमण हो । यसअघि पनि मध्यरातमा आगो लगाएर सालिक फुटाइएको थियो ।

दोस्रो जनआन्दोलनका क्रममा आन्दोलनकारीले सालिक राख्न ठिक्क पारिएको न्यूरोडस्थित ज्ञानेन्द्र चोकमाथि आक्रमण गरेका थिए । २०६३ वैशाख ५ गतेको सो प्रदर्शनमा सहभागी रहेकी बाँके खजुराकी सेतु विकलाई अश्रुग्याँसको सेलबाट गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि भारत लैजाने क्रममा उनको बाटोमै निधन भएको थियो ।

धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको पूर्णकदको सालिक थियो । त्यसैले धम्बोझीलाई वीरेन्द्र चोकको नामले पनि चिनिन्थ्यो । दोस्रो जनआन्दोलनका क्रममा प्रदर्शनकारीले सो सालिक ढालेका थिए । राजतन्त्र पुनर्स्थापनाको मुद्दा बोकेको राप्रपाको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नतामा राजावादी र हिन्दूवादीले पटक-पटक सालिक पुनर्स्थापनाको प्रयास गर्दै आएका छन् । पाँच वर्षअघि पनि यसरी नै सालिक राखिएको थियो । त्यसको केहीबेरमै प्रहरीले हटाएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट