शिरीष र ऋतुको स्वरमा “कहाँ हो तिम्रो मावल ?”

भरतपुर, १९ जेठ । गायक शिरीष देवकोटाको स्वरमा रहेको “कहाँ हो तिम्रो मावल ?” बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो बुधबार साँझ गायिका ऋतु कँडेलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोइला भाकाको उक्त गीतमा महिलाको स्वर उनै गायिका कँडेलले दिएकी हुन् । गीतमा संगीत तथा शब्द भने […]
पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

भरतपुर, १९ जेठ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ अदालतकै फैसला […]
पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

भरतपुर, १९ जेठ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।
चितवनमा संयुक्त राष्ट्र संघीय सम्मेलन सुरु, अंकुरम एकेडेमीका ३१ विद्यार्थी सहभागी

भरतपुर, १९ जेठ । संयुक्त राष्ट्र संघको नमूना अभ्यास गराउने उद्देश्यका साथ चितवनको सौराहामा नमूना संयुक्त राष्ट्र सङ्घीय महासभा (एमयुएन) सुरु भएको छ । चितवनका २ सहित काठमाडौँको ६ वटा गरी ८ विद्यायका ८० विद्यार्थीको सहभागितामा बिहिबारदेखि नमूना संयुक्त राष्ट्र सङ्घीय महासभा सुरु भएको हो । सभा सञ्चालक समितिमा पनि २० जना विद्यार्थीहरु रहनेछन् । […]
अफ्रिकन स्वाइन फिभरको संक्रमण जोखिम

भरतपुर, १९ जेठ । चितवनमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भित्रिन नदिन सचेतना अपनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले संक्रमण फैलिन नदिन बंगुर तथा सुंगुरपालक किसानहरुलाई स्वाइन फिभरबारे सचेत रहन आग्रह गरेको छ । बिहीबार जैविक सुरक्षा तथा एण्टीबायोटिक रेसिड्यु सम्बन्धि सचेतना गोष्ठी गर्दै स्वाइन फिभर भित्रिन नदिन उच्च सावधानि अपनाउन […]
गैँडाकोटको जनक कलेजले बाँड्यो प्राध्यापकलाई ल्यापटप

गैँडाकोट, १९ जेठ । गैँडाकोटस्थित जनक कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी १७ जना प्राध्यापकलाई ल्यापटप वितरण गरेको छ । सोही अवसरमा कलेजले बिबिएस तेस्रो वर्षको अन्तिम परीक्षामा आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल ४ जना प्राध्यापकलाई पुरस्कृत गरेको छ । प्राध्यपकहरु प्रद्युम्न ढुङ्गाना, राजन तिमिल्सिना, सत्यराज भण्डारी र अर्जुन पाण्डे नगदसहित पुरस्कृत भएका हुन् […]
टर्कीले गर्यो देशको नाम परिवर्तन

भरतपुर, १९ जेठ । टर्कीले आफ्नो नाम परिवर्तन गरेको छ । टर्कीले आफ्नो नाम परिवर्तन गरेर टर्किए राखेको छ । टर्कीले संयुक्त राष्ट्रसङ्घमा नाम परिवर्तनको प्रस्ताव गरेको थियो । राष्ट्रसङ्घले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका छन् । […]
प्रहरीले वीरेन्द्रको सालिक हटाएकाे झोकमा राजावादीले फेरि तोडे शहीद सेतु विकको सालिक

भरतपुर, १९ जेठ । नेपालगञ्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि आक्रोशित समूहले न्यूरोडस्थित शहीद सेतु विकको सालिक तोडफोड गरेको छ । नागरिक समाज पार्टीको ब्यानरमा आएको समूहले स्वर्गीय राजा वीरेन्द्रको चोकमा अर्धकदको सालिक ठड्याएको थियो । तर, प्रहरीले हस्तक्षेप गरी केहीबेर पछि नै सो सालिक हटाएपछि नेपालगञ्ज तनावग्रस्त भएको हो । प्रहरी […]
बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने
काठमाडौं, १८ जेठ । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ।
जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव बुझ्यो परिवारले

काठमाडौँ, १९ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव बिहीबार बल्ल परिवारलाई जिम्मा लगाइएको छ । शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाइएको हो । ती २२ वटा शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो । पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो […]
चीनमा भूकम्पमा परी चारको मृत्यु

चीन, १९ जेठ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६।१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । […]
बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ: सांसद थापा

काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए । “ बजेट कार्यान्वयन हुनुपर्छ, […]
रुस र युक्रेन द्वन्द्व: विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघ, १९ जेठ । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो । द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ […]
तत्काल वाम एकता सम्भव छैन: अध्यक्ष नेपाल

कर्णाली, १९ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन्। सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । “अहङ्कारी […]
चितवनमा एक सय ९७ तोला चाँदीसहित एकजना पक्राउ

भरतपुर, १९ जेठ । एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई […]
भारतीय कारको ठक्करबाट खैरहनीमा युवकको मृत्यु

भरतपुर, १९ जेठ । पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । […]
२०७९ जेठ १९ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)