टर्कीले गर्‍यो देशको नाम परिवर्तन

भरतपुर, १९ जेठ ।
टर्कीले आफ्नो नाम परिवर्तन गरेको छ । टर्कीले आफ्नो नाम परिवर्तन गरेर टर्किए राखेको छ । टर्कीले संयुक्त राष्ट्रसङ्घमा नाम परिवर्तनको प्रस्ताव गरेको थियो ।

राष्ट्रसङ्घले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसङ्घ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय भएको प्रवक्ताले उल्लेख गरेका छन् ।

विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट