काँग्रेसका बागीलाई मिलाउन बालकृष्ण आए भरतपुर

भरतपुर, १४ वैशाख ।
भरतपुरमा नेपाली कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएकालाई मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दूतका रूपमा पठाएका छन् । खाण बुधबार दिउँसो भरतपुर आइपुगेका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए ।
उनले बागीलाई मिलाउन कुनै प्याकेज नल्याएको तर मन लिएर आएको बताउँदै त्यही मनले बागीहरूलाई सम्झाउने बताए । बागी उम्मेदवारी दिएकाहरूले केन्द्रको निर्णय मान्ने उनको भनाइ थियो ।

सत्ता गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो । माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छन् ।

कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

आफ्नी छोरी मेयर उम्मेदवार बनेको ठाउँमा कांग्रेसले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सुटुक्क चितवन पुगेका थिए ।

भरतपुरमा उनले चितवन कांग्रेस सभापति राजेश्वर खनाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई भेटेका थिए ।

प्रचण्डसँग भेटेका कांग्रेसका दुई नेताले पछि बागी उम्मेदवार पौडेललाई भेटेका थिए ।

चितवनबाट फर्किएपछि प्रचण्डले कांग्रेस सभापति देउवालाई घटनाक्रमबारे बताएका थिए ।

देउवाले बागी उम्मेदवार मिलाउन बुधबार आफ्ना दूतका रूपमा खाणलाई भरतपुर पठाएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट