राप्ती, १० वैशाख ।
लियो क्लब अफ चितवन वीरेन्द्रनगरको अध्यक्षमा संगीता अर्याल सर्वसम्मत चयन भएकी छन् । शनिबार भएको सातौँ वार्षिक साधारणसभाबाट अर्याल लायन्स वर्ष २०२२-२३ को लागि अध्यक्षमा चयन भएकी हुन् । उनी यसभन्दा अघि क्लबको प्रथम उपाध्यक्ष रहेकी थिइन् । यससँगै क्लबबाट नेतृत्व गर्नेमध्ये उनी प्रथम महिला बनेकी छन् ।
अध्यक्ष सल्लाहकारमा नवीन खड्का, पिमलाल सापकोटा र अमित आचार्य, त्यसैगरि प्रथम उपाध्यक्षमा रेशम कँडेल, द्वितीय उपाध्यक्षमा अनिशा सापकोटा, तृतीय उपाध्यक्षमा लोकनाथ कँडेल, सचिवमा अमिशा थापा, सह-सचिवमा मनोज निउरे, कोषाध्यक्षमा रुपक अधिकारी र सह-कोषाध्यक्षमा सुप्रिया न्यौपाने चयन भएका छन् ।
क्लबको टेल ट्वीस्टरमा उमाकान्त कँडेल, टामरमा अनिशा तिमिल्सिना, पीआरओमा सुरज शर्मा, एमजीसीमा देवी पौडेल, ब्राण्ड एम्बास्डरमा अमृता घिमिरे, वुमन इमपावरमेन्ट चिफमा कुसुम सापकोटा, डाइरेक्टरमा विवेक गौतम, टिपी सिटौला, प्रतिक्षा कँडेल, जयराम खरेल र कृष्ण अर्याल, मिडिया कोडिनेटरमा शिशिर अर्याल र खेलकुद कोडिनेटरमा कुशल भुसाल सर्वसम्मत चयन भएका छन् ।
लायन्स वर्ष २०२१-२२ का अध्यक्ष महेन्द्र खरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अतिथिहरुमा लायन्स क्लब अफ चितवन वीरेन्द्रनगरका अध्यक्ष रामकृष्ण पन्त, लायन्स क्लब अफ चितवन वीरेन्द्रनगरका प्रथम उपाध्यक्ष हरिशरण डल्लाकोटी, लियो क्लब अफ चितवन वीरेन्द्रनगरका संस्थापक अध्यक्ष प्रकाश कालाखेती, लियो क्लब अफ चितवन वीरेन्द्रनगरका पूर्वअध्यक्ष सुदीप कँडेल रहेका थिए । कार्यक्रममा राप्ती- ७ की पूर्ववडाअध्यक्ष सुमिता डल्लाकोटीको विशेष उपस्थिति रहेको थियो ।





