अर्थोडेन्टिक चिकित्सकहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सुरु

भरतपुर, ९ वैशाख ।
चितवनमा आजदेखि ३ दिने अर्थोडेन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए ।

सो अवसरमा बोल्दै न्यौपानेले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्तर्गत अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपेडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धि हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रबर्द्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसँगै विभिन्न प्रस्तुतिसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा.प्राडा वसन्त श्रेष्ठले जानकारी दिए ।

दातको समस्यासँगै अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपेडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए ।

`दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो´ उनले भने- `दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य बाङ्गाटिङ्गा, छिद्रा भएको, दाँत बाहिर भएको, गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।´

अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुने डाक्टर पूजा कोइरालाले बताईन् ।

सम्मेलनको पहिलो शत्र आज शुक्रबार चितवन मेडिकल कलेजमा र बाँकी दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशसहितका एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए ।

राजिवका अनुसार बढ्ने उमेरका बालबालिकामा तल वा माथिको जवडाको समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडेन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ । जुनमा सामान्य जवडाको समस्यालाई दाँत सारेर उपचार गरिन्छ तर जवडाको समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सकिएपछि अर्थोग्नाथिक सर्जरीबाट उपचार गर्नुपर्ने हुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट