गोठमा आगोलागी हुँदा भण्डारण गरी राखिएको खाद्यान्नमा क्षति

भरतपुर, ९ वैशाख भरतपुर महानगरपालिका वडा नं – ४, धर्मपथ, लंकूमा स्थानीयको गोठमा आगोलागी हुँदा भण्डारण गरी राखिएको खाद्यान्न जलेर नष्ट भएको छ । स्थानीय परमानन्द सापकोटाको गोठमा शुक्रबार साँझ आगोलागी भएको हो । आगोलागीपछि गोठमा पूर्ण रूपले क्षति पुगेको छ । भण्डारण गरी राखिएको करिब १५ क्विन्टल धान, २ क्विन्टल गहुँ र ३ क्विन्टल […]
एसईई परीक्षामा पाँच लाख विद्यार्थी सहभागी

भरतपुर, ९ वैशाख । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु भएको छ । यसवर्षको एसईई परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी छन् । शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । […]
चितवनमा गठबन्धनभित्र भागबन्डाको सकस

भरतपुर, ९ वैशाख । सत्तारूढ गठबन्धनले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति गरेसँगै चितवनका बाँकी स्थानीय तहमा पनि तालमेलको तयारी सुरू भएको छ । तर नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा भने उम्मेदवार टुङ्ग्याउन सकस देखिएको छ । नेपाली कांग्रेसको जिल्ला समितिले केही दिनअघिसम्म भरतपुरको मेयर आफूले नपाउँदासम्म अरूमा तालमेलको छलफल सुरू हुनै […]
अर्थोडेन्टिक चिकित्सकहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सुरु

भरतपुर, ९ वैशाख । चितवनमा आजदेखि ३ दिने अर्थोडेन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै न्यौपानेले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्तर्गत अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपेडिक एसोसिएसन अफ नेपालको […]