गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा तीन दिन जजिराले उडान भर्ने

भरतपुर, ८ वैशाख ।
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए ।
उनले भने, ‘जजिरा एअरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एअरलाइन्स पनि सम्पर्कमा रहेका छन् ।’ उक्त विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालन भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट