गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा तीन दिन जजिराले उडान भर्ने

भरतपुर, ८ वैशाख । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा […]

महाधरापमा महानगरवासी : खाल्डोमा खस्यो स्कुटर

भरतपुर, ८ वैशाख । भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडक निर्माणका लागि खनिएको खाडलमा बिहीबार साँझ एउटा स्कुटर खसेको छ । सपिङ सेन्टर भाटभटेनी जानका लागि आएका भरतपुरस्थित मालपोतचोकका सूर्यकुमार श्रेष्ठले चलाएको बा प्रदेश ०३००३ प ८०९२ नम्बरको स्कुटर खाडलमा खसेको हो । सर्वसाधारणका लागि छोडिएको साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्ने क्रममा अगाडिबाट आएको सवारीलाई […]

भरतपुरमा २९ वटै वडामा जसपाबाट वडाध्यक्षका उम्मेदवार उठाउने तयारी

भरतपुर, ८ वैशाख जनता समाजवादी पार्टी भरतपुर महानगर समितिले २९ वटै वडामा वडाध्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । सत्तारुढ दलहरुबीच चुनावी तालमेल चलिरहेका बेला जसपाले महानगरमा सम्मानजनक सीट बाँडफाड नगरिए भरतपुरका २९ वडाबाटै वडाध्यक्ष उम्मेदवार उठाउने चेतावनी दिएको छ । महानगर समितिका अध्यक्ष अनुज जोशीले मेयर, उपमेयर पदमा सघाउन तयार रहेपनि वडाहरुको नेतृत्वमा जसपालाई […]

भरतपुरमा शुक्रबारदेखि नेपाल फर्मा एक्स्पो, राष्ट्रपति भण्डारीबाट उद्घाटन हुँदै

भरतपुर, ८ वैशाख । नेपाल औषधी उत्पादक संघको आयोजनामा वैशाख ९ गते शुक्रबार भरतपुरमा नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुँदैछ । चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ११ गतेसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । एक्स्पोबारे जानकारी दिन बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एक्स्पोमा स्वदेशी […]

देवचुली-१० मा कांग्रेसबाट पाँचै जना उम्मेदवार सर्वसम्मत

देवचुली, ८ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको वडा नम्बर १० ले पाँचै जना उम्मेदवार सर्वसम्मत रुपमा टुङ्गयाएको छ । नेपाली काँग्रेसले देवचुली वडा नं १० को वडाध्यक्ष पदका लागि रेप्तीकुमार घर्ती मगरलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । वडाध्यक्ष पदका उम्मेदवार रेप्तीकुमार घर्ती मगर नेपाली कांग्रेस नवलपुर क्षेत्र […]

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण २२४ जनाको मृत्यु

फिलिपिन्स, ८ बैसाख । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख हजार ७५ भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन […]

अक्सिजन प्लान्टमा विष्फोट, छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ८ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र […]

सुनको मूल्य बढ्यो

काठमाडौँ, ८ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

काठमाडौँ, ८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा -रुपन्देही_ मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा […]

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष दाहाल

गोदावरी, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताए । कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने […]