देवचुली-१० मा कांग्रेसबाट पाँचै जना उम्मेदवार सर्वसम्मत

देवचुली, ८ वैशाख ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको वडा नम्बर १० ले पाँचै जना उम्मेदवार सर्वसम्मत रुपमा टुङ्गयाएको छ । नेपाली काँग्रेसले देवचुली वडा नं १० को वडाध्यक्ष पदका लागि रेप्तीकुमार घर्ती मगरलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।

वडाध्यक्ष पदका उम्मेदवार रेप्तीकुमार घर्ती मगर नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ का क्षेत्रीय सदस्य समेत हुन् ।

यसैगरि वडा सदस्यमा मोहन थापा मगर, लेखनाथ भुसाल जैसी, महिला सदस्यमा बिष्णु माया पंगेनी र दलित महिला सदस्यमा रिता सुनारलाई उम्मेदवारको रुपमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस देवचुली-१० का वडा सभापति संजय काफ्लेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट