भरतपुर, ८ वैशाख
जनता समाजवादी पार्टी भरतपुर महानगर समितिले २९ वटै वडामा वडाध्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । सत्तारुढ दलहरुबीच चुनावी तालमेल चलिरहेका बेला जसपाले महानगरमा सम्मानजनक सीट बाँडफाड नगरिए भरतपुरका २९ वडाबाटै वडाध्यक्ष उम्मेदवार उठाउने चेतावनी दिएको छ ।
महानगर समितिका अध्यक्ष अनुज जोशीले मेयर, उपमेयर पदमा सघाउन तयार रहेपनि वडाहरुको नेतृत्वमा जसपालाई सम्माजनक सीट दिनुपर्ने बताउनुभयो । राजनीतिक हैसियत, मर्म र भावना अनुसार न्यायोजित सीटमा जसपाबाट उम्मेदवार बनाउन पाउनुपर्ने वातावरण बनाउन माग समेत गर्नुभयो । जसपा महानगर इन्चार्ज तारा विश्वकर्माले जसपाको बलियो जनाधार रहेका वडाहरुमध्ये कम्तिमा ५ वडामा वडाध्यक्ष जसपाबाटै उम्मेदवार बनाउन सत्तागठबन्धन सकारात्मक बन्नुपर्ने बताउनुभयो ।
जसपाका जिल्ला अध्यक्ष प्रेम भुजेलले कम्तिमा ५ वडाध्यक्ष, हरेक वडामा कम्तिमा एक वडा सदस्य, जिसस र कार्यापालिका सदस्यमा समेत सम्माजनक सीट बाँडफाड गर्नुपर्ने माग राख्नुभयो । उहाँका अनुसार भरतपुरको २, ११ र १६ र माडी ३ मा वडाध्यक्ष जसपाले पाउनुपर्ने जिल्लास्तरीय सत्तागठबन्धनसँग माग राखिएको बताउनुभयो ।
जसपाबाट भरतपुर महानगरबाट प्रस्तावित वडाध्यक्षहरुको नामावली 





