महाधरापमा महानगरवासी : खाल्डोमा खस्यो स्कुटर

भरतपुर, ८ वैशाख ।
भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडक निर्माणका लागि खनिएको खाडलमा बिहीबार साँझ एउटा स्कुटर खसेको छ । सपिङ सेन्टर भाटभटेनी जानका लागि आएका भरतपुरस्थित मालपोतचोकका सूर्यकुमार श्रेष्ठले चलाएको बा प्रदेश ०३००३ प ८०९२ नम्बरको स्कुटर खाडलमा खसेको हो ।

सर्वसाधारणका लागि छोडिएको साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्ने क्रममा अगाडिबाट आएको सवारीलाई ठाउँ छोड्ने क्रममा आफ्नो स्कुटर खसेको श्रेष्ठले बताए । उनी आफू भने खस्न लागेको स्कुटरबाट हाम फालेर जोगिन सफल भएका छन् ।

सडक निर्माणका क्रममा कुनै पनि सावधानी नअपानाइएको भन्दै उनले गुनासो गरे । “यत्रो सडक विस्तार भइरहेको छ , कहीँ कतै ट्राफिक कोन छैन, रिफ्लेक्टिङ टेप छैन” उनले भने, “यो त सरासर लापरवाही हो नि ।”

खाडलमा खसेको स्कुटर स्थानीय र ट्राफिक प्रहरीको सहयोगमा निकालिएको छ । स्कुटरमा क्षति पुगेको छ ।

निकै व्यस्त मानिने यस खण्डमा सडक विस्तारको क्रम अघि बढेसँगै जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण गराए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

विकास निर्माणका क्रममा महानगरभित्र महाधराप बनेको भनी कायाकैरनसहित विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आइरहे पनि भरतपुर महानगरले निर्माण कार्य सुरक्षित बनाउने र नगरवासीलाई दुर्घटनाबाट बचाउनेतर्फ कुनै कदम चालेको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट