शिसवारमा वन्यजन्तु सप्ताह कार्यक्रम सरसफाई गरि सम्पन्न

देवचुली, ४ वैशाख ।
`मानव वन्यजन्तु सह अस्तित्व : हाम्राे साझा दायित्व´ भन्ने मुल नाराका साथ दशैभरि वन्यजन्तु सप्ताह कार्यक्रम सञ्चालन भईरहेकाे सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा २७ओैं वन्यजन्तु सप्ताह-२०७९ काे चाैथाे दिन आइतबार एक कार्यक्रमका बीच अन्तरक्रिया सहित सम्पन्न भएको छ । हरेक वर्षकाे वैशाख १ गते देखि ७ गते सम्म याे कार्यक्रम देशैभरि सञ्चालन हुने गर्दछ ।

शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेकाे अध्यक्षतामा सञ्चालित कार्यक्रमकाे प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर, विशेष अतिथि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नवलपुरका संयाेजक केदारनाथ घिमिरे, विशेष अतिथि जिल्ला वन कार्यालय नवलपुरका सहायक वन अधिकृत अमृत ज्ञवाली, विशेष अतिथि ईलाका प्रहरी कार्यालय रजहर नवलपुरका प्रमुख प्रहरी निरिक्षक भीमसेन घिमिरे रहेका थिए भने कार्यक्रममा सामुदायिक वन, हाेम स्टे, समुदायमा आधारित चाेरि सिकार नियन्त्रणमा युवा जागरण अभियान, द्रुत सेवा दल, रजहर मध्यवर्ती सहकारी संस्था , नेपाली सेना तथा प्रहरी जवानहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले खासगरि नारायणी नदि सुक्दै गएको, यसकाे वरिपरि भएको फाेहर व्यवस्थापनमा देखिएकाे चुनाैति तथा समस्याहरु, उद्योग धन्दाहरुले मिसावट गरेकाे ढलका वारेमा विषयवस्तुहरु उठान गरेका थिए ।समाधानका लागि सराेकारवाला निकायसँग सहकार्य गर्न पहल गर्नुपर्ने बताएका थिए ।

त्यस्तैगरि पछिल्लाे समय कुकुरकाे आक्रमणले चित्तलहरुलाई मारिरहेकाे सन्दर्भमा त्यसकाे न्युनिकरणका लागि समेत सबै लाग्नुपर्ने बताएका थिए । साथै पर्यापर्यटकीय गतिविधिहरुमा देखिएकाे ह्रास , आर्थिक अर्थतन्त्र उकास्नका लागि पर्यटन मैत्रि वातावरण सिर्जना गर्नुपर्नेमा जाेड दिईएकाे थियाे ।

दुई वटा चरणमा भएको कार्यक्रमकाे पहिलाे चरणमा नारायणी नदि तटकाे सरसफाइ गरिएकाे थियाे भने दाेस्राे चरणमा सराेकारवाला संघ संस्थाका प्रमुख र उपस्थित व्यक्तित्वहरुले आ आफ्नो मन्तव्य, धारणा तथा शुभकामना आदानप्रदान गरिएको थियाे । कार्यक्रममा संस्थाका उपाध्यक्ष विनबहादुर जिएमकाे स्वागत मन्तव्य रहेकाे थियाे भने सहजीकरण संस्थाका कार्यालय सचिव सत्यराज अधिकारिले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट