पल शाह प्रकरणः पीडित किशोरी गायिकाले फेरिन् बयान

भरतपुर,४ वैशाख । जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। अभिनेता पल शाहविरुद्धको मुद्दामा आफ्नो उजुरी सत्य नभएको बताउँदै नाबालिग गायिकाले बयान फेरेकी हुन्। नाबालिग गायिकाले बयान फेरेपछि यो मुद्दामा ट्वीस्ट आएको छ। पल शाह पुर्पक्षको लागि थुनामा छन्। आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य […]

स्थानीय निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्दैनौः अध्यक्ष लिङ्देन

धनुषा, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा […]

सरकारको निर्णयविरुद्ध निलम्बित गभर्नरद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, ४ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै उक्त निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध […]

काठमाडौँमा वायु प्रदूषणको उच्च जोखिम

काठमाडौँ, ४ वैशाख । सुख्खायाममा लामो समयसम्म वर्षा नहुने र जंगलहरूमा डढेलो पनि अत्यधिक लाग्ने हुनाले त्यस समयमा नेपालका शहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ । देशको राजधानी रहेको काठमाडौँ उपत्यकामा गएको चैत महिनामा वायुको गुणस्तर खस्किएर खतराको तहमा पुगेको थियो ।त्यस बेला नेपाल विश्वभरका सर्वाधिक खराब वायुको गुणस्तर भएका शहरहरूको सूचीमा पहिलो […]

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप, जनक मावि तनावग्रस्त

गैँडाकोट, ४ वैशाख । गैँडाकोट नगरपालिका–५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयका शिक्षकले १२ कक्षामा अध्ययनरत एक जना छात्रालाई अश्लील भिडियो देखाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि विद्यालय परिसर तनावग्रस्त बनेको छ । आइतबार बिहान आरोपित शिक्षक र पीडित भनिएकी छात्रासहित विद्यालयमा छलफल चलिरहेका बेला शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका […]

शिसवारमा वन्यजन्तु सप्ताह कार्यक्रम सरसफाई गरि सम्पन्न

देवचुली, ४ वैशाख । `मानव वन्यजन्तु सह अस्तित्व : हाम्राे साझा दायित्व´ भन्ने मुल नाराका साथ दशैभरि वन्यजन्तु सप्ताह कार्यक्रम सञ्चालन भईरहेकाे सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा २७ओैं वन्यजन्तु सप्ताह-२०७९ काे चाैथाे दिन आइतबार एक कार्यक्रमका बीच अन्तरक्रिया सहित सम्पन्न भएको छ । हरेक वर्षकाे वैशाख १ गते देखि ७ गते […]

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष खरालको घरमा तोडफोड

भरतपुर, ४ वैशाख । राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ आनन्दपुरस्थित खरालको घरमा गएराती आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । खरालको घरमा तोडफोड गर्दा झ्यालका सिसा फुटेका छन् । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उपाध्यक्ष भट्टराईले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको […]

स्थानीय निर्वाचनका लागि ७७ जिल्लामै खटाइयो निर्वाचन अधिकृत

काठमाडौं, ४ वैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण […]

नवौँ राष्ट्रिय खेलकुदको तयारी

कास्की, ४ वैशाख । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले […]

कस्तो रहला आजको मौसम?

भरतपुर,४ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ । राति पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । सोमबार दिउँसो पनि पहाडी भू–भागका […]

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णाली, ४ वैशाख । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय […]

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, ४ वैशाख । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला […]

अपाङ्गता भएका व्यक्ति भन्छन्: मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

रुपन्देही, ४ वैशाख। अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उहाँ निर्वाचनमा सहभागी हुन पाउनुभएन । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट […]

रग्वी खेलको उपाधी काठमाडौं र धनगढीलाई

भरतपुर, ४ वैशाख । नेपाल रग्वी संघ तथा चितवन रग्वी संघद्वारा आयोजित अन्डर- २० पुरुष तथा महिला रग्वी खेलको उपाधी पुरुषतर्फ काठमाडौं र महिलातर्फ धनगढीले हात पारेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७, कृष्णपुरको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा देशभरिका महिला तथा पुरुष गरि १० टिमले सहभागिता जनाएको चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी […]