साँढेको टाङ मुनि बाल्टी थापेर दूध आउँदैन – राजेन्द्र लिङ्देन

भरतपुर, २ वैशाख ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरि काम गर्न नसकेको बताएका छन् । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउँदै ठूला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताए ।

`देशको विकास भएको खोइ ? कलकारखाना खोइ ? रोजगारी खोइ ? लाखौं श्रमजीवी युवा कहिलेसम्म बिदेशमा रहने ? अब विकल्प सोच्ने बेला आएको छ´ लिङ्देनले भने- `चुनावलाई ख्यालख्याल नठानौँ, भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, भोट दिनु भनेको छोरी दिनु भन्दा पनि महत्त्वपूर्ण हो, त्यसैले बाजे-बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।´ गएका चुनावहरुमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दु:ख पाएको लिङ्देनले बताए ।

जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने बताए । ३२ वर्षदेखि शासन गरेका दलहरु प्रति देखेर दया लागेको उनले बताए । उनले विकासको गति लिन नसकेका पालिकाहरुको नेतृत्व गर्न एकचोटि राप्रपालाई दिनुपर्ने बताए । `देश कस्तो बनाउने तिनै पालिकाको विकास गरेर देखाउँछौँ, उनले भने, `हामी नमुना पालिका बनाउनमा केन्द्रित छौँ ।´
उनले असफल पार्टीहरुलाई यसपालि विदाइ गर्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट