साँढेको टाङ मुनि बाल्टी थापेर दूध आउँदैन – राजेन्द्र लिङ्देन

भरतपुर, २ वैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरि काम गर्न नसकेको बताएका छन् । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउँदै ठूला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताए । `देशको विकास […]

देश बचाउनका लागि जनता जाग्ने बेला आयो – विक्रम पाण्डे

भरतपुर, २ वैशाख । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताएका छन् । भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै पाण्डेले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताए । “यो साल राष्ट्रवादीहरुको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस्”, उनले भने, “फलानो पार्टी […]

चितवनमा आयोजित सभामा ३ हजार बढी राप्रपामा प्रवेश

भरतपुर, २ वैशाख । चितवनमा एकैसाथ ३ हजार जनाभन्दा बढी एकैपटक राप्रपामा प्रवेश गरेका छन् । भरतपुरमा आयोजित आमसभामा ३ हजार २ सय ४ जना पार्टी प्रवेश गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार जना भरतपुर महानगर क्षेत्रका छन् । महानगरको वडा नम्बर १, ११,१४, १५, […]

देशद्रोहीलाई लखेट्नुपर्छ- ज्ञानेन्द्र शाही

भरतपुर, २ वैशाख । राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशद्रोहीलाई लखेट्ने चेतावनी दिएका छन् । राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै शाहीले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी दिएका हुन् । शाहीले नेतृत्वले गल्ती गर्दा खबरदारी गर्नुपर्नेमा पनि जोड दिए । एमसीसी राष्ट्रघाती सम्झौता भएको उनको भनाई छ । उनले मतपत्र च्यातेर फेरी जित्ने सपना पुरा […]

डब्लुएचओका महानिर्देशक टेड्रोस वैशाख ८ गते नेपाल आउने

काठमाडौं, २ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्। स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ। उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ।

भ्रष्टाचारमुक्त पालिका बनाउँछौँ- राजेन्द्र लिङदेन

भरतपुर, २ वैशाख । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लिङदेनले राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताए । उनले यसपाली स्थानीय तहको चुनावमा राप्रपाले विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने दाबी गरे […]

संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने

संयुक्त राष्ट्रसंघ, २ बैशाख । संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको र सोही काउन्सिलमार्फत् यो सहयोग गर्र्ने भएको हो । यमनमा संयुक्त राष्ट्र संघको सहयोग र समन्वयमा प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी) गठन गरिएको र सो परिषदमार्फत् शान्ति प्रक्रियाका लागि पहल गरिने […]

कालीगण्डकी नदी दोहनको चपेटामा

गलकोट, २ वैशाख । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो । विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उहाँमात्रै होइन, यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा दुई महिनादेखि राम्ररी चुलो बलेको छैन । बागलुङ र पर्वत भएर बग्ने […]

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार

काठमाडौँ, २ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ […]

सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा

भक्तपुर, २ वैशाख । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै […]

बागमती प्रदेशमा एक वर्षमा सवारी दुर्घटनाबाट ३६० जनाको मृत्यु

भरतपुर, २ वैशाख । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । […]

विद्यासुन्दरसहित काठमाडौंको मेयरमा एमालेबाट पाँच जना सिफारिस

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ । शाक्य काठमाडौंका बहालवाला मेयर हुन् । पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटी अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम महानगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो । स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर […]