विद्यासुन्दरसहित काठमाडौंको मेयरमा एमालेबाट पाँच जना सिफारिस

काठमाडौं, २ वैशाख ।
काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ । शाक्य काठमाडौंका बहालवाला मेयर हुन् ।

पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटी अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम महानगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव’, ‘मेरो काठमाडौं’ भन्ने नारा ल्याएका थिए । उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुनेजस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहराहरू भत्काइएका थिए । उनी विकासप्रेमी नेता मानिन्छन् ।

स्थापित ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि मेयरमा मनोनित भएका थिए । उनी बागमती प्रदेश सरकारमा भौतिक योजना मन्त्रीसमेत भएका थिए ।

सिफारिस भएका नामलाई काठमाडौं जिल्ला कमिटीले आफ्नाे रायसहित प्रदेश कमिटीमा पठाउनेछ । यसपछि तल्लो कमिटीका सुझावलाई मनन गर्दै केन्द्रीय कमिटीले उम्मेदवारको टुंगो लगाउनेछ ।

एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड बनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट