भ्रष्टाचारमुक्त पालिका बनाउँछौँ- राजेन्द्र लिङदेन

भरतपुर, २ वैशाख ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लिङदेनले राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताए । उनले यसपाली स्थानीय तहको चुनावमा राप्रपाले विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने दाबी गरे । उनले चुनावी तालमेलबारे कुनै निर्णय भैनसकेको पनि बताए । “हामीलाई कसैले महत्त्वपूर्ण पदहरुमा सघाए हामी पनि सघाउन तयार छौँ”, उनले भने, “आन्तरिक स्थानीय रुपमै समझदारी हुन सक्छ, तर अहिले कुनै निर्णय भैसकेको छैन ।´´

अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण नि:शुल्क शिक्षाको व्यवस्था गरिने बताए । १२ सम्मनै कम्प्युटर शिक्षा, बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तिमा १५ हजार तलबको व्यवस्था गरिने बताए । स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभुत स्वास्थ नि:शुल्क गर्ने, उपचारको अभावमा कोहिले ज्यान गुमाउन नपर्ने गरि पालिकाहरुको नेतृत्व गर्ने बताए । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत कर घटाउने बताए । जेष्ठ नागरिकहरुले पाउँदै आएका सेवा सुविधा थप गरि घरदैलोमै सेवा पुर्‍याइने बताए ।

उनले भ्रष्टाचार शून्य बनाइने समेत दाबी गरे । “सिंहदरबारको भ्रष्टाचार पनि तल्लो तहसम्म आयो”, उनले भने, “भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ ।” उनले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरुको विकास सम्भव रहेको बताए । उनी राप्रपा चितवनको आमसभालाई सम्बोधन गर्न चितवन आएका हुन् । आमसभा भरतपुरको पारस बसपार्कमा जारी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट