देशद्रोहीलाई लखेट्नुपर्छ- ज्ञानेन्द्र शाही

भरतपुर, २ वैशाख ।
राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशद्रोहीलाई लखेट्ने चेतावनी दिएका छन् । राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै शाहीले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी दिएका हुन् । शाहीले नेतृत्वले गल्ती गर्दा खबरदारी गर्नुपर्नेमा पनि जोड दिए । एमसीसी राष्ट्रघाती सम्झौता भएको उनको भनाई छ ।

उनले मतपत्र च्यातेर फेरी जित्ने सपना पुरा हुन नदिने बताए । मतपत्र च्याते उनीहरुलाईनै मतपत्र निलाउन बाध्य पार्ने पनि शाहीले बताए । उनले प्रदेश संरचना हटाइनुपर्ने बताए । “संघियतामा प्रदेश चाहिँदैन, ऋण मागि मागि सेतो हात्ती पाल्दैनौँ”, उले भने, “शिक्षा, स्वास्थ नि:शुल्क र गुणस्तर बनाउन लागौँ ।”उनले राजा बाघ भएको भन्दै नेताहरूलाई स्याल भन्दै व्यङ्ग्य गरे । भ्रष्टाचारीहरुलाई जेल हाल्ने समेत उनलेे चेतावनी दिएका छन् । भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै राप्रपाले पालिकाहरुमा उम्मेदवारी दर्ता गराउने बताए । उनले जनतालाई झुक्याउनेलाई यसपाली जमानत नै जफत गराउनुपर्नेमा जोड दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट