उत्कृष्ट कार्य गर्ने चितवनका १३ जना मानपदवीबाट विभूषित

भरतपुर, १ वैशाख ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत गत वर्षको संविधान दिवसका दिन (२०७८ असोज १ गते) मानपदवी प्राप्त गरेका व्यक्तिहरूलाई विभूषित गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित सुशोभण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण एवम् मानपदवी प्रदान गरेकी हुन् ।

यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानपदवी वितरण गरिएको छ ।

चितवन जिल्लाबाट मानपदवी प्राप्त गर्ने व्यक्तिहरू निम्नानुसार रहेका छन्:

१. सीता दाहाल (सामाजिक अभियन्ता) – प्रसिद्ध प्रबल जनसेवाश्री

२. डा. अनिल कार्की (वीपी कोइराला क्यान्सर अस्पताल) – सुप्रबल जनसेवाश्री

३. स्व. धर्मध्वज गुरुङ (राजनीतिकर्मी) – प्रबल जनसेवाश्री

४. भेषराज दुवाडी (समाजसेवी) – प्रबल जनसेवाश्री

५. गोकुल भण्डारी (उद्योग व्यवसायी) – प्रबल जनसेवाश्री

६. पूर्णप्रसाद दवाडी (प्रधानाध्यापक, नारायणी मा.वि. भरतपुर) – प्रबल जनसेवाश्री

७. डा. खेमराज पौडेल (वरिष्ठ बालरोग विशेषज्ञ, भरतपुर अस्पताल) – प्रबल जनसेवाश्री

८. प्रा.डा. कृष्णप्रसाद पौडेल (मेडिकल सुपरिटेण्डेण्ट, भरतपुर अस्पताल) – प्रबल जनसेवाश्री

९. दिपक प्रसाद तिवारी (वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य कार्यालय चितवन) – प्रबल जनसेवाश्री

१०. डा. हेमराज कोइराला (निर्देशक, योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर) – प्रबल जनसेवाश्री

११. सरिता भण्डारी (अस्पताल नर्सिङ निरीक्षक, भरतपुर अस्पताल) – प्रबल जनसेवाश्री

१२. गोविन्द प्रसाद तिवारी (समाजसेवी) – जनसेवाश्री

१३. भवानी कुमारी गुरुङ (समाजसेवी) – जनसेवाश्री

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट