उत्कृष्ट कार्य गर्ने चितवनका १३ जना मानपदवीबाट विभूषित

भरतपुर, १ वैशाख । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत गत वर्षको संविधान दिवसका दिन (२०७८ असोज १ गते) मानपदवी प्राप्त गरेका व्यक्तिहरूलाई विभूषित गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित सुशोभण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण एवम् मानपदवी प्रदान गरेकी हुन् । यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, […]
महावीर जैनको २६२१ औँ जन्मजयन्ती मनाइँदै

भरतपुर, १ वैशाख । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२१ औँ जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको कुण्डलग्राम नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि […]
राष्ट्रपतिबाट ख्याति प्राप्त व्यक्तित्वलाई मानपदवी एवम् विभूषण प्रदान

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवम् विभूषण प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा विभूषण एवम् मानपदवी प्रदान गर्ने क्रम जारी छ । यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल […]
अक्सफोर्ड एकेडेमीयाले आइइएलटीएस तथा पिटिइमा ५० प्रतिशत छुट दिने

भरतपुर, १ वैशाख । नयाँ वर्ष प्रारम्भको अवसर पारेर अक्सफोर्ड एकेडेमीयाले शहिदचोकबाट छुट सहितको सेवा सुरु गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा तथा बेलायत जान चाहने विद्यार्थीका लागि ५० प्रतिशतसम्मको छुटमा शैक्षिक परामर्श तथा अंग्रेजी भाषा आइइएलटिएस/ पिटिइ तयारी कक्षाको सेवा प्रदान गर्ने अक्सफोर्ड एकेडेमीयाको उद्देश्य रहेको एकेडेमीयाका निर्देशक नमराज फुयालले जानकारी […]
नव वर्ष २०७९: राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गरेका छन् । गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र […]
आज २०७९ को पहिलो दिन, शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदै

भरतपुर, १ वैशाख । आजबाट विक्रम संवत् २०७९ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन (वैशाख १ गते) देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आजबाट सूर्य मेष राशिमा प्रवेश गर्छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए । […]