भरतपुर, १ वैशाख ।
नयाँ वर्ष प्रारम्भको अवसर पारेर अक्सफोर्ड एकेडेमीयाले शहिदचोकबाट छुट सहितको सेवा सुरु गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा तथा बेलायत जान चाहने विद्यार्थीका लागि ५० प्रतिशतसम्मको छुटमा शैक्षिक परामर्श तथा अंग्रेजी भाषा आइइएलटिएस/ पिटिइ तयारी कक्षाको सेवा प्रदान गर्ने अक्सफोर्ड एकेडेमीयाको उद्देश्य रहेको एकेडेमीयाका निर्देशक नमराज फुयालले जानकारी दिए ।
नारायणगढको लायन्सचोकबाट सेवा प्रदान गर्दै आएको यो संस्थाले वैशाख १ गतेबाट नयाँ व्यवस्थापनका साथ शहिदचोकबाट सेवा सुरुवात गरेको हो । चुके मिनी मार्केट, एनसीसी बैंक रहेको भवनको पहिलो तलामा यसको कार्यालय रहेको छ ।
शैक्षिक परामर्श व्यवसायमा सफल एवं उत्कृष्ट परामर्श दिंदै आएको यस अक्सफोर्ड एकेडेमीया चितवन प्रालिले अहिलेसम्म सम्बन्धित क्षेत्रमा दक्षता हासिल गर्दै विभिन्न अध्ययन गन्तव्यका ख्यातीप्राप्त विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएको छ । गत नोभेम्बरमा पनि भरतपुरमा क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई प्रशिक्षण दिएको थियो । आगामी दिनहरुमा पनि विभिन्न सेमिनार तथा शैक्षिक परामर्श सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य रहेको यस संस्थाका कार्यकारी निर्देशक शिशिर रेग्मीले बताए ।
बिहीबार बिहान आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले एकेडेमीयाको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले अध्ययन सँगसँगै विभिन्न हिसाबले बिदेशमा रहेका नेपाली युवा शक्तिलाई स्वदेशमै फर्कन आह्वान गरे । `अध्ययनका लागि बिदेश जानू राम्रो हो´, श्रेष्ठले भने – `अन्तर्राष्ट्रिय शिक्षा पद्धति हाम्रोभन्दा राम्रो छ, बिदेशमा गएर अध्ययन गर्न सकियो भने हामीले हाम्रै दक्षता अभिवृद्धि गर्ने हो । तर हामीले त्यो दक्षतालाई बिदेशमै रहन दिनहुन्न । हामी आफ्नो देश फर्केर देशको अर्थतन्त्रलाई, शिक्षा प्रणालीलाई चुस्त राख्नमा भूमिका खेल्नुपर्छ ।´ श्रेष्ठले पढ्न गएका नेपाली बिदेशमै बसिदिँदा मुलुकमा योग्य व्यक्तिको अभाव रहेको बताए । अक्सफोर्ड एकेडेमीयाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय स्तरमा पठाउन समन्वयकारी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
नयाँ वर्ष २०७९को अवसरमा एक हप्तासम्म यस एकेडेमीयाबाट आइइएलटीएस तथा पिटिइ तयारी गर्न आउने विद्यार्थीका लागि ५०% सम्म विशेष छुट र क्यानडाको लागि विश्वविद्यालयमा लाग्ने निवेदन शुल्कमा छुटको व्यवस्था गरिएको अध्यक्ष प्रकाश पौडेलले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका बरिस्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, वाणिज्य तर्फका उपाध्यक्ष शिशिर पन्तसहित विभिन्न शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।





