राप्ती, २७ चैत ।
राप्ती नगरपालिकामा एमालेको तर्फबाट ८ जनाले प्रमुखमा आकांक्षा व्यक्त गरेका छन् । त्यस्तै ९ जनाले उपप्रमुखमा आकांक्षा देखाएका छन् । आइतबार नगर कमिटीले नगर प्रमुख र उपप्रमुखमा आकांक्षा प्रस्तुत गर्न भनिएको थियो ।
मेयरमा वर्तमान उपप्रमुख इमानसिंह लामा, घनश्याम कँडेल, गोविन्दप्रसाद कँडेल, धर्मराज कँडेल, रामबहादुर मगर, पुस्पा कुँवर, श्यामसुन्दर उप्रेती र राजकुमार भट्टले आकांक्षा प्रस्तुत गरेका छन् ।
त्यस्तै उपप्रमुखमा निलिमा गोम्बो, कृष्णकुमारी भाट, मेनुका पाठक, सुशीलाकुमारी पौडेल, श्यामकृष्ण आचार्य, प्रतिभा पाण्डे, कल्पना लामा मोक्तान, दिलकुमारी लामा र नानीबाबू प्रजाले आकांक्षा प्रस्तुत गरेका छन् ।
मनोनयन फिर्ता लिने समय सकिए पनि कसैले फिर्ता गरेनन् । अब आकांक्षीहरु बीच छलफल हुने नगर कमिटी अध्यक्ष पूर्ण थापाले बताए । आकांक्षीहरुलाई विकासको भिजन सहित आउन नगर कमिटीले आग्रह पनि गरेको छ । नगरबाट एक मेयर र उपमेयर सर्वसम्मत चयन गर्ने प्रयास गरिने र सम्भव नभए जिल्ला हुँदै प्रदेश कमिटीले निर्णय गर्ने जनाइएको छ ।





