जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

दमौली, २७ चैत । जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आज नयाँ […]

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

भक्तपुर, २७ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ । भक्तपुरका बासिन्दाले आठ रात नौ […]

एमालेबाट राप्तीको मेयरमा ८ जनाको आकांक्षा

राप्ती, २७ चैत । राप्ती नगरपालिकामा एमालेको तर्फबाट ८ जनाले प्रमुखमा आकांक्षा व्यक्त गरेका छन् । त्यस्तै ९ जनाले उपप्रमुखमा आकांक्षा देखाएका छन् । आइतबार नगर कमिटीले नगर प्रमुख र उपप्रमुखमा आकांक्षा प्रस्तुत गर्न भनिएको थियो । मेयरमा वर्तमान उपप्रमुख इमानसिंह लामा, घनश्याम कँडेल, गोविन्दप्रसाद कँडेल, धर्मराज कँडेल, रामबहादुर मगर, पुस्पा कुँवर, श्यामसुन्दर उप्रेती र […]

सबैको आँखा भरतपुरको मेयर पदमा

देशमा बिस्तारै स्थानीय निर्वाचनको वातावरण बन्दैछ । दलहरु उम्मेदवार छनौटमा व्यस्त हुन थालेका छन् । विभिन्न दलनिकट व्यक्तिहरुले स्थानीय तहका विभिन्न पदमा आकांक्षा देखाउन थालेका छन् । आकांक्षीका रुपमा उनीहरुको नाम चर्चामा आउन थालेको छ । यसै सन्दर्भमा सबै दलको आँखा भने भरतपुर महानगरपालिकाको मेयर पदमा पुगेको छ । नेकपा (माओवादी केन्द्र) अघिल्लो स्थानीय निर्वाचनमा […]

भरतपुर महानगरको प्रमुखमा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने

भरतपुर, २७ चैत । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ । आइतबार पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका […]

बौद्धिक अपाङ्गता अभिभावक संघद्वारा २ लाख बराबरका सामग्री सहयोग

भरतपुर, २७ चैत । बौद्धिक अपाङ्गता अभिभावक संघ चितवनले २ लाख बराबरका सामग्री सहयोग गरेको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिको डेयर चलाउँदै आएका विद्यालय तथा समूहलाई सामग्री सहयोग गरेको हो । भरतपुर महानगरका उपमेयर पार्वती शाह ठकुरीले सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । नारायणी नमुना माविको बौद्धिक अपाङ्गता इकाईलाई फिजियोथेरापी मेसीन, भरतपुर–२२ धनौजीको आधारभूत […]

२४ घण्टामा दक्षिण कोरियामा एक लाख ६४ हजार कोरोनाका नयाँ सङ्क्रमित देखिए

सोल, २७ चैत । दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् । दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ […]

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

काठमाडौँ, २७ चैत । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी […]

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

मनाङ, २७ चैत । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म […]

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाडौँ, २७ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० कायम […]

नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

भक्तपुर, २८ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक […]

अर्थतन्त्र खस्किन नदिन पूर्वअर्थमन्त्रीको ध्यानाकर्षण

  काठमाडौँ, २७ चैत । पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको खस्किन नदिन सरकारको ध्यानाकर्षण बताउनुभएको हो । उहाँहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा […]

स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?

काठमाडौं, २७ चैत । स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल […]