बौद्धिक अपाङ्गता अभिभावक संघद्वारा २ लाख बराबरका सामग्री सहयोग

भरतपुर, २७ चैत ।
बौद्धिक अपाङ्गता अभिभावक संघ चितवनले २ लाख बराबरका सामग्री सहयोग गरेको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिको डेयर चलाउँदै आएका विद्यालय तथा समूहलाई सामग्री सहयोग गरेको हो ।

भरतपुर महानगरका उपमेयर पार्वती शाह ठकुरीले सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । नारायणी नमुना माविको बौद्धिक अपाङ्गता इकाईलाई फिजियोथेरापी मेसीन, भरतपुर–२२ धनौजीको आधारभूत बौद्धिक विद्यालयलाई स्टील दराज, किताब राख्ने र्‍याक सहयोग गरिएको छ । यस्तै भरतपुर–१ को बालकुमारी सुस्तमनस्थिति विद्यालयलाई प्ले मेटल, भरतपुर–२६ को मष्तिष्क पक्षघातका लागि अभिभावक स्वावलम्बन समूहलाई वाटर फिल्टर, भरतपुर–१५ को श्रीपुरको सुस्तमनस्थिति कल्याण विद्यालयलाई म्याट्रेस, टेप्ची, प्रेसरकुकरलगायतका सामग्री सहयोग गरिएको छ ।

महानगर उपमेयर पार्वती शाह ठकुरीले बौद्धिक अपाङ्गता भएकाहरुलाई पुर्नस्थापना केन्द्र निर्माण गर्न लागिपर्ने बताइन् ।
महानगरले सहयोग गर्दै आएपनि जग्गा खोजी कार्य नटुंगिएकाले यही वर्ष पुनर्स्थापना केन्द्र बन्न नसकेको उनले बताइन् । पुनर्स्थापना केन्द्रका लागि महानगर सधैँ सकारात्मक रहेको पनि ठकुरीले बताइन् ।

संघका अध्यक्ष निर्मलकुमार श्रेष्ठले बौद्धिक अपाङ्गता भएकाहरुलाई हेरचाह गर्न कठिन हुने गरेकाले राज्यले नै पुनर्स्थापना केन्द्र बनाए सहज हुने बताए । संघका निवर्तमान अध्यक्ष टेकबहादुर थापाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उचित स्याहारसुसारका लागि तालिमको खाँचो रहेको उनले बताए ।

नारायणी नमुना माविमा ३३ जना, धनौजीमा १२ जना, बालकुमारीमा २७ जना, स्वावलम्वन समूहमा १० जना, श्रीपुरमा ३६ जना डेकेयरमा बस्दै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट