भरतपुर, २५ चैत ।
माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन् । मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् ।
माओवादी नेता रामनारायण बिडारीको पदावधि सकिएपछि राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्यको पद रिक्त थियो । सोही पदमा दाहाल मनोनीत भएका हुन् ।
यसअघि संविधानसभा सदस्यसमेत भएका दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।





