प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत

भरतपुर, २५ चैत । माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन् । मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् । माओवादी नेता रामनारायण बिडारीको पदावधि सकिएपछि राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्यको पद रिक्त थियो । सोही पदमा दाहाल मनोनीत भएका हुन् । यसअघि संविधानसभा सदस्यसमेत भएका दाहाल […]

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको महाधिवेशन चितवनमा

भरतपुर, २५ चैत । तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको ऐतिहासिक चौथो महाधिवेशन यहि चैत्र २८ र २९ गते भरतपुरमा हुने भएको छ । ‘तमूवान स्वयत्तता, हाम्रो साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ अगाडि बढेको यो सङ्गठन, तमू जातिको भाषा, लिपि, धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका साथै आफ्नो समुदायको हक हित […]

चुनावको माहौल बनाउन गठबन्धनले संयुक्त विज्ञप्ति निकाल्ने

काठमाडौँ, २५ चैत । सत्तागठबन्धनले स्थानीय तह चुनावको माहौल बनाउन संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनको बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चुनावको माहौल बनाउन संयुक्त विज्ञप्ति निकालेर अघि बढ्नुपर्ने निष्कर्श निकालेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली […]

भरतपुर महानगरमा मेयरको दाबी कांग्रेसले छोड्दैन : चितवन कांग्रेस सभापति

काठमाडौँ, २५ चैत । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताएका छन् । गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उनले यसपटक कांग्रेसलाई नेतृत्वमा सहयोग गर्न आग्रह गरे । उनले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर मत खसाल्न नसकिने भन्दै […]

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुन:स्थापनाको फैसला

भरतपुर, २५ चैत । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको हो । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको ठहर गरेको छ। ‘प्रधानमन्त्री […]

निर्वाचन आचारसंहिता लागु हुँदै, तोकिएका बाहेकका क्रियाकलाप गर्न नपाइने

भरतपुर, २५ चैत । स्थानीय तह निर्वाचनको आचारसंहिता आज (शुक्रबार) मध्यरातदेखि लागु हुँदै छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि आचारसंहिता लागु भएपछि तोकिएका बाहेकका क्रियाकलाप गर्न पाइँदैन । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत […]

७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

भरतपुर, २५ चैत । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हाे । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका […]