चुनावको माहौल बनाउन गठबन्धनले संयुक्त विज्ञप्ति निकाल्ने

काठमाडौँ, २५ चैत ।
सत्तागठबन्धनले स्थानीय तह चुनावको माहौल बनाउन संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनको बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चुनावको माहौल बनाउन संयुक्त विज्ञप्ति निकालेर अघि बढ्नुपर्ने निष्कर्श निकालेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए ।

यद्यपि विज्ञप्ति कसले निकाल्ने भन्ने यकिन भइसकेको छैन । एक नेताले भने- ‘शीर्ष नेताले विज्ञप्ति निकाल्ने कि रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिबाट भन्ने टुंगो लागिसकेको छैन ।’

आगामी चैत २६ गतेभित्र सबै जिल्लाबाट रिपोर्ट आइसकेपछि चैत २७ मा पौडेल नेतृत्वको समितिको बैठक बसेर चुनावी तालमेलको ढाँचा तयार गर्ने तयारी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट