तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको महाधिवेशन चितवनमा

भरतपुर, २५ चैत ।
तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको ऐतिहासिक चौथो महाधिवेशन यहि चैत्र २८ र २९ गते भरतपुरमा हुने भएको छ । ‘तमूवान स्वयत्तता, हाम्रो साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ अगाडि बढेको यो सङ्गठन, तमू जातिको भाषा, लिपि, धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका साथै आफ्नो समुदायको हक हित र अधिकारको लागि बनेको विशुद्ध जातीय संगठनमा क्रियाशील रहेको छ ।

वि.सं. २०४९ सालमा एकतावद्ध भएको तमू छोँज धीं र २०५७ सालमा स्थापना भएको अर्को सामाजिक संस्था तमू राष्ट्रिय समन्वय परिषदलाई मिलाएर तमूहरुको साझा संस्थाको रुपमा २०६५ चैत्र १५ देखि १८ सम्म चितवनमा भएको प्रथम ऐतिहासिक तमू एकता राष्ट्रिय महाधिवेशनबाट ‘तमू ह्युल छोँज धीं गुरुङ्ग राष्ट्रिय परिषदको गठन भएको थियो ।

यसैगरी दोस्रो राष्ट्रिय महाधिवेशन २०६९ सालमा झापा र तेस्रो राष्ट्रिय महाधिवेशन २०७३ सालमा नवलपरासीमा भएको थियो । २ दिन चल्ने चौथो राष्ट्रिय महाधिवेशन भरतपुरको सिएमटी रिसोर्टमा हुने भएको छ । उक्त महाधिवेशनले ७७ सदस्यीय केन्द्रीय समिति गठन गर्ने संस्थाका अध्यक्ष रेशम गुरुङले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट