आइपीएलमा दिल्लीको सुखद सुरुवात

भरतपुर, १३ चैत ।

पन्ध्रौँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ । आइतबार साँझ सम्पन्न खेलमा उसले मुम्बई इण्डियन्समाथि चार विकेटको जित हासिल गरेको हो ।

मुम्बईले दिएको १७८ रनको लक्ष्य क्यापिटल्सले खेल सकिन १० बल बाँकी छँदा नै पूरा गर्‍यो । उसका लागि ब्याट्सम्यानद्वय अक्षर पटेल र ललित यादवले अविजित रहँदै क्रमशः ३८ र ४८ रनको पारी खेले । ओपनर पृथ्वी शाह ३८ रन बनाएर आउट भएको खेलमा कप्तान ऋषभ पन्त १ रनको स्कोरमै पेभिलियन फर्किए ।

मुम्बईका तर्फबाट बसिल थम्पीले ३, मुरुगन अश्विनले २ तथा टिमल मिल्सले १ विकेट लिए । डेनियल सेम्स र जस्प्रित बुम्राह भने मुम्बईका लागि महँगा साबित हुन पुगे । यी दुईले ७.२ ओभरको स्पेलमा मात्रै १०० रन खर्चिन पुगे ।

यसअघि ब्रेबोर्न मैदानमा दिल्ललीले टस जित्दै मुम्बईलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो । ओपनर रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको पारीमा मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७७ रन जोडेको थियो ।

मुम्बईका कप्तान शर्मा ४१ रनमा आउट भए भने विकेटकिपर ब्याट्सम्यान किशन ८१ रनमा अविजित रहे । बलिङमा भने कूलदीप यादवले ३ तथा खलील अहमतले २ विकेट चट्काए । ४ ओभरको स्पेलमा जम्मा १८ रन खर्चिएका यादव म्यान अफ दि म्याच समेत घोषित भए ।

जितपछि दिल्लीले दुई अंक प्राप्त गरेको छ । शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कोलकता नाइट राइडर्सले साबिकको विजेता चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट