२०७८ चैत १४ गते सोमबारको कायाकैरन दैनिक(E-paper)
आइपीएलमा दिल्लीको सुखद सुरुवात

भरतपुर, १३ चैत । पन्ध्रौँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ । आइतबार साँझ सम्पन्न खेलमा उसले मुम्बई इण्डियन्समाथि चार विकेटको जित हासिल गरेको हो । मुम्बईले दिएको १७८ रनको लक्ष्य क्यापिटल्सले खेल सकिन १० बल बाँकी छँदा नै पूरा गर्यो । उसका लागि ब्याट्सम्यानद्वय अक्षर पटेल […]
बालसिर्जनामा ‘आमा’ महिमा

भरतपुर, १३ चैत साहित्य सिर्जना आफैमा सजिलो काम होइन । जीवनमा विभिन्न अनुभवले खारिएका व्यक्तिहरुले समेत साहित्य सिर्जनामार्फत् मनको भाव व्यक्त गर्न सक्दैनन् । विद्यालयमा अध्ययन गरिरहेका स्कुले नानीबाबुहरुले सिर्जनामा मनका भावना व्यक्त गर्नु आफैमा प्रशंसनीय काम हो । यस्तै प्रशंसनीय काममा आफूलाई अग्रसर बनाएका स्कुले बालबालिकाले अभिभावकलाई समेत दंग पार्दै आफ्ना भावना पस्केका छन् […]
चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसलाई उत्कृष्ट विज्ञापन एजेन्सीको सम्मान

भरतपुर, १३ चैत । चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसलाई उत्कृष्ट विज्ञापन एजेन्सीको रुपमा सम्मान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर चितवन एडभरटाइजिङलाई सम्मान गरेको हो । मध्यान्ह दैनिकलाई सबैभन्दा बढी विज्ञापन उपलब्ध गराई देशभरबाट उत्कृष्ट १० मा पर्न सफल भएको चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसका प्रबन्ध निर्देशक खुमप्रसाद पौडेल […]
पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने ‘मोसो’

सूर्यप्रकाश कँडेल पेशाले पत्रकार हुन् । चितवनको पछिल्लो पुस्ताका अनुभवी पत्रकार कँडेल साहित्य सिर्जनामा पनि चासो राख्छन् । गजल रचना गर्दै आएका कँडेलले उपन्यास पनि लेखे । उनले लेखेको पहिलो कृति ‘मोसो’ उपन्यास २०७७ सालको मंसिरमा बजारमा आएको थियो । पत्रकारिताको मर्म र सिद्धान्तलाई जोगाएर कर्म गर्ने मात्र नभई भाषा व्याकरणमा पनि पोख्त मानिने पत्रकार […]
भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

काठमाडौँ, १३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ […]
चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

नान्निङ, १३ चैत। चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको ‘ब्याकबक्स’ मात्रै फेला परेको छ । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको […]
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान न्यौपानेको मृत्यु

काठमाडौँ,१३ चैत । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन् । दुर्घटनामा घाइते भएका सोही […]
चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

भरतुर,१३ चैत । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । […]
मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

मकवानपुर, १३ चैत । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरेका छन् । मकवानपुरगढी गाउँपालिका–५ स्थित खेलमैदानमा शनिबार आयोजित एक समारोहबीच उनले सो गाउँपालिकालाई नेपालकै चौँथो र जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले […]
अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौँ, १३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ । सरकारले आगामी वैशाख ३० मा […]
२०७८ चैत १३ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १३ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग नेपालले बन्द रहेका नेपाल चीन नाका सुचारु गर्न आग्रह गरेको गरेको छ । चिनियाँ परराष्ट्रमन्त्री यीसँगको दुईपक्षीय छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले यस्तो बताएका हुन् । यस्तै नेपालका परराष्ट्रमन्त्री खड्का र उनका चिनियाँ समकक्षी वाङबीच छलफलमा विभिन्न ७ विषयमा ९ सम्झौता […]
माइलाको पाइला : कविता, गजल, हाइकूहुँदै कथातिर

भरतपुर, १३ चैत । किरण, प्रकाश र ज्योति । तीनै नाम उज्यालोका प्रतीक । तीन जना पौडेल दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा । चुडामणि र गोमादेवीका तीन उज्यालामध्ये ज्योति असमयमै निभ्न पुगे । किरण र प्रकाश चम्किरहेका छन् । चम्किरहेका दुई उज्यालामध्ये एक हुन् प्रकाश पौडेल ‘माइला’ । माइलाको जन्म महिना हो चैत । […]