चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसलाई उत्कृष्ट विज्ञापन एजेन्सीको सम्मान

भरतपुर, १३ चैत ।
चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसलाई उत्कृष्ट विज्ञापन एजेन्सीको रुपमा सम्मान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर चितवन एडभरटाइजिङलाई सम्मान गरेको हो ।

मध्यान्ह दैनिकलाई सबैभन्दा बढी विज्ञापन उपलब्ध गराई देशभरबाट उत्कृष्ट १० मा पर्न सफल भएको चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसका प्रबन्ध निर्देशक खुमप्रसाद पौडेल ‘किरण’ले बताए । पत्रिकाका प्रकाशक सीतादेवी श्रेष्ठ र सम्पादक मदनकुमार श्रेष्ठले पौडेललाई सम्मान गरेका हुन् ।

चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिस चितवनको उत्कृष्ट एजेन्सीको रुपमा स्थापित हुँदै आएको छ । सम्मानित हुने पौडेल नेपाल विज्ञापन बोर्डको सदस्य र विज्ञापन संघको पनि सदस्य भएर काम गरेका छन् ।

चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसले गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, मध्यान्ह, नयाँ पत्रिका, सौर्य दैनिक र स्थानीय दैनिक कायाकैरन, सञ्चारपत्र, लोकतन्त्र सन्देश र चितवन पोष्टलाई विज्ञापन उपलब्ध गराउँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट