भरतपुर, ८ चैत ।
लायन्स क्लब अफ चितवन सौराहाको अध्यक्षमा सुमन घिमिरे सर्वसम्मत चयन भएका छन् । सोमबार सौराहामा सम्पन्न १५औँ वार्षिक साधरणसभाबाट वर्ष २०२२/२३ का लागि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
१५ सदस्यीय उक्त समितिमा प्रथम उपाध्यक्ष माला दाहाल, द्वितीय उपाध्यक्ष ऋषिराम तिवारी, तृतीय उपाध्यक्ष देवकला भट्टराई, सचिव रञ्जन भण्डारी, कोषाध्यक्ष अम्विका भट्ट र सहकोषाध्यक्ष सुशीला परियार रहेका छन् ।
हालै स्थापना भएको लायन्स क्लब ३२५ आरको डिजी सिद्धार्थलाल चुके अन्तर्गतको लायन्स क्लब अफ चितवन सौराहालाई लायन्सको मर्म अनुसार काम गर्दै अगाडि लैजाने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । नेपाली साहित्यमा कविता र आख्यानका माध्यमबाट प्रसिद्ध घिमिरे क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमान अध्यक्ष पनि हुन् ।





